LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

मो ईन्तेखाब आलम
जनकपुरधाम । नेपालका सुडी समुदायको हकहितको संरक्षण , शिक्षा, कूषि, स्वास्थ्य लगायतका विकासका लागि सक्रिय सुडी समाज महासंघ नेपालको दोस्रो वार्षिक साधारणसभा प्रादेशिक राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधामस्थित मिल्स एरियामा सम्पन्न भएको साधारणसभामा सात वटै प्रदेशबाट करिव ५ सय प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
नेपाल सुडी समाजका अध्यक्ष प्रमेश्वर महासेठले सुडी समाजलाई आजको अवस्थामा सबैले योगदान पुर्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा अझ सुडी समाजलाई सबै क्षेत्रीय सशक्त बनाउन सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए।


साधारणसभाले समाजको वार्षिक समिक्षासहित प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्ने जनाइएको छ। सधारण सभा सुडी समाज महासंघले अगामी दिनहरूमा समाजका लागि सबै क्षेत्रमा काम गरने अध्यक्ष महासेठले बताए । अध्यक्षका अनुसार सुडी समाज महासंघ नेपालले सुडी समाज लगायत देशका सबै वर्ग समुदायको विकास समेत चाहेको बताए ।

अध्यक्ष महासेठका अनुसार सुडी समाजले अ– आफनो क्षेत्रबाट समाजको विकासका लागी नकारात्मक परम्परा बाल विवाह दाइजो प्रथा जस्ता बिकूतिहरू आफनो समाजबाट फालने बेला रहेको बताए । आजको आवश्यकता शिक्षा, कूषि र स्वास्थ्य रहेको हुदाँ यसमा समाजले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लोसपाका सांसद परमेश्वर साह , जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साह , पूर्व सांसद शैल महतो,धनौजी गाउँपालिका अध्यक्ष राज कुमार साह लगायत सहभागी रहेका थिए।

सम्बन्धित खबर