LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

मो ईन्तेखाब आलम
जनकपुरधाम । नेपालका सुडी समुदायको हकहितको संरक्षण , शिक्षा, कूषि, स्वास्थ्य लगायतका विकासका लागि सक्रिय सुडी समाज महासंघ नेपालको दोस्रो वार्षिक साधारणसभा प्रादेशिक राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधामस्थित मिल्स एरियामा सम्पन्न भएको साधारणसभामा सात वटै प्रदेशबाट करिव ५ सय प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
नेपाल सुडी समाजका अध्यक्ष प्रमेश्वर महासेठले सुडी समाजलाई आजको अवस्थामा सबैले योगदान पुर्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा अझ सुडी समाजलाई सबै क्षेत्रीय सशक्त बनाउन सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए।


साधारणसभाले समाजको वार्षिक समिक्षासहित प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्ने जनाइएको छ। सधारण सभा सुडी समाज महासंघले अगामी दिनहरूमा समाजका लागि सबै क्षेत्रमा काम गरने अध्यक्ष महासेठले बताए । अध्यक्षका अनुसार सुडी समाज महासंघ नेपालले सुडी समाज लगायत देशका सबै वर्ग समुदायको विकास समेत चाहेको बताए ।

अध्यक्ष महासेठका अनुसार सुडी समाजले अ– आफनो क्षेत्रबाट समाजको विकासका लागी नकारात्मक परम्परा बाल विवाह दाइजो प्रथा जस्ता बिकूतिहरू आफनो समाजबाट फालने बेला रहेको बताए । आजको आवश्यकता शिक्षा, कूषि र स्वास्थ्य रहेको हुदाँ यसमा समाजले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लोसपाका सांसद परमेश्वर साह , जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साह , पूर्व सांसद शैल महतो,धनौजी गाउँपालिका अध्यक्ष राज कुमार साह लगायत सहभागी रहेका थिए।

सम्बन्धित खबर