LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । लामो समयदेखि रिक्त रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन भएका छन् ।

करिब १५ महिनादेखि रिक्त रहेको पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार दलको नेतामा राईनलाई चयन गरेको हो ।
प्रदेशसभा सदस्य तथा दलका नेता अभिराम शर्मा थमन विकको हत्यामा दोषी ठहर भएपछि लोसपा संसदीय दलको नेताको पद खाली भएको थियो । शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेस प्रदेसभाले उनलाई निलम्बन गरेको थियो ।

लामो रस्साकस्सीपछि केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आज औपचारिकरुपमा पत्र लेखेर साँसद राईनलाई जिम्मेवारी दिएका हुन् । नेता राइनले आफूलाई पार्टी अध्यक्षले आजै जिम्मेवारी दिएको बताए ।

उनले भने, ‘करिब १५ महिनादेखि यो पद खाली थियो, आज पार्टी अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनुभएको छ । त्यही अनुसार मैले सभामुखको कार्यालयलाई जानकारी गराएको छु ।’अर्को व्यवस्था नहुँदासम्म राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको छ ।

सम्बन्धित खबर