LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश केन्द्रित १० भन्दा बढी साना राजनीतिक दलहरू अब मिलेर वैकल्पिक राजनीतिक मोर्चा निर्माण गर्न जुटेका छन् ।

पुर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा ती दलहरू गठबन्धनको अन्तिम चरणमा पुगेका छन् । गठबन्धनमार्फत मधेशको अधिकार, पहिचान र संघीयता जस्ता मुद्दालाई नयाँ ऊर्जा र स्पष्ट एजेन्डासहित उठाउने तयारी गरिएको छ ।

नेपाल, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष समेत रहेका नेता अन्सारीले यो गठबन्धन मधेश मात्र नभई देशभरका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिको रूपमा अघि बढ्ने दावि गरे । उनले भने, ‘देश र मधेशको यथार्थ प्रतिनिधित्व गर्ने वैकल्पिक राजनीतिक प्लेटफर्मको खाँचो महसुस भएको छ । त्यही आधारमा हामी साना दलहरूबीच एकजुट हुँदैछौं ।’

गठबन्धनमा सामेल हुने तयारीमा रहेका दलहरूमा नेपाल सद्भावना पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, जन अधिकार पार्टी नेपाललगायतका अन्य क्षेत्रीय दलहरू पनि मोर्चामा आवद्ध हुने चर्चा छ ।

गठबन्धनको औपचारिक घोषणा वैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिनेछ भने जेठ १५ गते जनकपुरधाममा भव्य सभा आयोजना गरी सार्वजनिक कार्यक्रममार्फत मोर्चाको औपचारिक सार्वजनिक प्रस्तुति गरिने अध्यक्ष महतोले जानकारी दिए ।

नयाँ गठबन्धनले संविधान संशोधनको नाममा संघीयता, समानुपातिक समावेशीकरण, धर्मनिरपेक्षता र लोकतन्त्र जस्ता उपलब्धिहरूमा गरिने हस्तक्षेपलाई रोक्न बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । मोर्चाले प्रारम्भिक चरणमा तराई–मधेशका १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

सम्बन्धित खबर