LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आज राष्ट्रिय मानव अधिकार आयोगको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

महासंघको केन्द्रीय आह्वानमा मधेश प्रदेश समिति र धनुषा शाखाले संयुक्त रूपमा उक्त ज्ञापनपत्र बुझाउँदै हालै काठमाडौँको तीनकुनेमा पत्रकारमाथि भएको जघन्य घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण हुनुका साथै पत्रकार सुरेश रजकलाई जीवितै आगो लगाएर मारिएको घटनाले देशभरका सञ्चारकर्मी स्तब्ध र आक्रोशित भएका छन् । यस घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्याएको महासंघले जनाएको छ ।

ज्ञापनपत्र बुझाउँदै महासंघका प्रतिनिधिहरूले पत्रकारमाथिको आक्रमणलाई केवल आपराधिक घटना नभई प्रेस स्वतन्त्रताको योजनाबद्ध दमनका रूपमा ब्याख्या गरे । महासंघ मधेश प्रदेश समितिका सचिव हदिस खुद्दारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख छ, ‘यस घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्छ । पीडित परिवारलाई क्षतिपूर्ति र उपचारको पूर्ण सुविधा प्रदान गरिनुपर्छ ।’

तीनकुने घटनापछि नेपाल पत्रकार महासंघले यही पुस १८ गते गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइसकेको स्मरण गराउँदै महासंघले सरकार जिम्मेवार भूमिका नखेलेको आरोप पनि लगाएको छ । ‘हामीले घटनाका दोषी पहिचान गरी कारबाही गर्न, मृतकका परिवारलाई राहत दिन र सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षाको प्रत्याभूति गर्न माग गर्यौं । तर, सरकार पूर्ण रूपमा मौन छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

महासंघले प्रेस स्वतन्त्रता हननमा विगतदेखि संलग्न व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाही गर्नुपर्ने माग दोर्होयाएको छ ।

मानव अधिकार आयोग क्षेत्रीय कार्यालयमार्फत सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले महासंघले ज्ञापनपत्र बुझाएको हो । महासंघका अनुसार निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन मानव अधिकार आयोगले गम्भीर चासो देखाउने विश्वास गरिएको छ ।जन

सम्बन्धित खबर