LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सक्षम बालिकाः समृद्ध मधेश भन्ने नाराका साथ बुधबारदेखि जनकपुरधाम दुई दिने मधेश बालिका सम्मेलन–२०८२ सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बालिकालाई सक्षम बनाउन रीतिरिवाजको नाउँमा समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्नुपर्नेमा बताए । सामाजिक, लैंगिक विभेद, सामाजिक कुरीति अन्त्य गर्न धेरै कानुनहरु लागु भएको छ, अझै कानुन बनाउन सकिन्छ मन्त्री जयसवालले भने,‘ तर ति कानुनहरुको पालना गर्ने वा कार्यान्वयन त समाजले नै गर्छ । त्यसैले सामाजिक रुपान्तरणको लागि चौतर्फि प्रयासको आवश्यकता छ ।’

मन्त्री जयसवालले सामाजिक रुपान्तरणका लागि स्थानीय र संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश सरकार चुप लागेर बसेको छैन्, उनले भने,‘आफ्नो श्रोतसाधनले भ्याएसम्मको कार्यक्रम र योजनाहरु ल्याएको छ ।’ बालिका संरक्षण ऐन ल्याउने मधेश पहिलो प्रदेश रहेको दावी गर्दै उनले ऐन कार्यान्वयनमा ल्याउनका लागि आगामी आर्थिक वर्षदेखि बेटी जिन्दावाद कार्यक्रम संचालन गरिने बताए ।

बुधबारदेखि सुरु भएको सो सम्मेलनमा धनुषासहित मधेश प्रदेशका आठै जिल्लाका बालिकाहरुले बालबालिकाको अधिकार, सामाजिक रुपान्तरण, बालविवाह विरुद्धको अभियानबारे बहस लगायत विभिन्न क्रियाकलापहरु गरिने लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।
बालविवाह विरुद्ध प्रदेश स्तरीय संजाल, मधेश प्रदेशले आयोजना गरेको सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रुपा यादवले छोराछोरीबीच विभेदले समाजिक विकृति बढ्दै गएको दावी गरिन् ।

छोरालाई काखा र छोरीलाई पाखा गर्दा अहिले समाजमा अनेकन विकृतिहरु देखापरेको उनले बताइन् । छोराछोरीलाई समान रुपले हेरेर सामाजिक विकृति कम गर्न सकिने तर्क उनको थियो ।

नीति तथा योजना आयोगका सदस्य डा. रिना यादवले अहिले भागी बिबाह समाजमा ठूलो विकृतिको रुपमा देखा परेको बताइन् । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले भागी बिबाह सामाजिक सचेतनाले रोक्न सकिने बताए । ऐन कानूनले मात्रै यस प्रकारको विकृतिलाई रोक्न कठिन रहेकाले यसप्रति सचेतना आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर