LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा राजा जनककालीन मठेश्वर महादेव मन्दिरको अवशेष भेटिएको छ ।
सबैला–६ गोविन्दपुर टोलस्थित खेतीयोग्य क्षेत्रमा उक्त अवशेष फेला परेको हो।  पुरातत्वविद् प्रकाश दर्नालले दुई वर्षदेखि उक्त स्थानको उत्खनन गरेपछि अहिले आएर मठेश्वर मठको अवशेष फेला परेको बताए । गत वर्ष उत्खन्न कार्य वर्षाका कारण बीचमै रोकिएर प्लास्टिकले छोपेर राखिएको थियो । दर्नालका अनुसार, भेटिएका वस्तुहरू कर्नाटवंशभन्दा पनि पहिलाको कालखण्डका छन् । चारवटा गजुर, पौराणिक कलाकृतियुक्त इँट, फलामका टुक्रा, जल चढाउने कुवा, पर्खालका अवशेष, पौराणिक भाँडाकुँडा र साना हतियारहरू अवशेषको रुपमा भेटिएको उनले बताए । सो मन्दिरको दक्षिण छेउमा अर्को मन्दिरको अवशेष समेत भेटिएको उनले बताए ।

इन्जिनियर सुरेन्द्र पजियारले राजा जनकले आफ्नो राजधानी जनकपुर वरिपरि निर्माण गराएका महादेव मठहरूमध्ये एक गोविन्दपुरको चौरीमा रहेको मठ भएको प्रमाण भेटिएको बताए । यस क्षेत्र वर्षाको समयमा डुवानमा पर्ने भएकाले अहिलेको लागि उत्खनन रोकिएको र आगामी पुस महिनाबाट पुनः सुरु गरिने उनले बताए । इन्जिनियर पजियारले रथ शैलीमा निर्मित सो मन्दिरको संरचना रौतहटको मौलापुर पतौरास्थित मन्दिरसँग मिल्दोजुल्दो रहेको बताए ।
स्थानीय वृद्ध पुजारी विन्देश्वर दासले भने,‘ ८० वर्षदेखि सो स्थानमा मन्दिरको जग देख्दै आएको र पहिल्यै संरक्षणमा ध्यान दिइएको भए अहिले सबैला नगरपालिका प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्थियो । तर समयमा कसैले ध्यान दिन सकेनन् ।’

सबैला नगरपालिकाका मेयर कारी प्रसाद यादवले उक्त मन्दिर मिथिला सभ्यतासँग सम्बन्धित ऐतिहासिक सम्पदा भएकोले त्यसको संरक्षणमा आफु गम्भिर रहेको बताए । मन्दिर उत्खननका लागि तत्काल १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र पुनःनिर्माणको लागत विवरण तयार भएपछि थप बजेटको व्यवस्था गरिने उनले जानकारी दिए।

सम्बन्धित खबर