LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । मैथिली कमेडि सिरियल “कलकतिया बाली”का अभिनेत्रि अंशा सदाको मृत फेला परेकी छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित नोचा पोखरी नजिदै “कलकतिया बाली” सिरियल बनाउने सेटमा उनी राती साढे ९ बजे मृत अवस्थाम फेला परेको प्रहरीले जनाएको छ । २१ वर्षिया अंशा करिव ६ महिना अघि सिरियलमा काम गर्ने क्रममा कलकतिय बाली सिरियलका मुख्य कालाकार अविनाश झासँग प्रेम विवाह गरेकी थिईन ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार राती साढे ९ बजे सिरियलको निर्माणका लागि बनाएको सेटकै घरमा अंशा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो ।
धनुषाको विदेह नगरपालिका–२ धोबी बस्ने अविनाश केही वर्ष यता जनकपुरधाम उपमहानगरपालिका–१५ मा कलकतिया बाली सिरियलको लागि घरहरू बनाएर काम गर्दै आएका छन् । त्यहाँ अन्य सिरियलमा काम गर्ने अन्य कालाकारहरु पनि बस्दै आएका छन् ।

घटनाको जानकारी पाएलगैत प्रहरीको टोली घटनास्थलमा खर्टाएको प्रहरी नायव उपरीक्षक सिंहले बताए । सदाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसर घटनाको राती अंशाका श्रीमान अविनाश झा घर वाहिर रहेको थियो । मृतककी श्रीमान झाले आफु साँझमा जिम गर्न गएकोवेलामा सदाले पासो लगाएर आत्महत्या गरेको बताए । आफुहरु बीच कुनै मतभेद नरहेको उनले बताए ।
अभिनाश ब्राह्मण समुदायका भएपनि दलित मुसहर समुदायकी केटिसँग विवाह गर्दा धेरैले प्रशंसा पनि गरेका थिए ।

सम्बन्धित खबर