LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ मा ७१ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ ।

२५ असार राति १२ बजेसम्म कुल बजेटको ७१ दशमलव ४४  प्रतिशत बजेट खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशका अनुसार,  चालुतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा ३१ अर्ब ३७ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले सबैभन्दा धेरै ८३.३६ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले ३४.०६ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी, भौतिक पूर्वधार मन्त्रालयले ७८.२०, वन तथा वातावरण मन्त्रालय ७७.४५ र खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६९.३१ प्रतिशत खर्च गरेको छ ।

तल हेर्नुस् बजेट खर्च विवरण

सम्बन्धित खबर