LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको बलवा नगरपालिकास्थित रौजा मजारको समाधिस्थलमा चाँदर चादर चढाएका छन् ।
महोत्तरीको रातु पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले नजिकै रहेको मजार सरिफमा पुगेर चादर चढाएका गरेका हुन् ।
नेपालको अजमेर सरिफ भन्ने चिनिएका रौजमा मजारमा मुस्लिम धर्मका सुफि सन्त बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहका दरगाह (समाधि स्थल) रहेका छन्। मुस्लिम र हिन्दु समुदायको साँझा धर्मिक पर्यटकीय स्थलको रुपमा चिनिएका सो मजार सरिफमा दैनिक हजारभन्दा बढी श्रद्धालुभक्तजन पुग्ने गरेका छन् ।


प्रधानमन्त्री ओलीले मजार सरिफा विकास समितिका पदाधिकारीहरु सँग मजारको वर्तमान अवस्थाको वारेमा जानकारी समेत लिएका थिए । मजार सरिफ विकास समितिका अध्यक्ष समिल राईनले मजारको अवस्था तथा बाबाहरुको महिमाको वारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले रौजा मजार सरिफलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नु बताए । मजारलाई विकास गरेको खण्डमा यसले धार्मिक पर्यटन प्रबन्धनमा टेवा पुग्ने बताए ।
प्रधानमन्त्री ओलीसँगै संघ सरकारका श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी, लोकतानित्रक पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईनसहितले रौजा मजार सरिफमा पुगेका थिए ।

सम्बन्धित खबर