LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

काठमाण्डौ । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले प्रादेशिक भवन निर्माणका लागि जनकपुरधाम–४ स्थित गुठी संस्थानको ४ कठ्ठा जग्गा औपचारिक रूपमा प्राप्त गरेको छ ।भवन निर्माणको लागि गुठी संस्थान प्रधान कार्यालय र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता भएकोमा भएको छ ।
सम्झौतामा गुठी संस्थानका प्रशासक तथा कार्यकारी प्रमुख शैलेस राज कुवर र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जराले हस्ताक्षर गरेका छन् । यो ऐतिहासिक कार्य सम्पन्न गर्न महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जराको सक्रियता र महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको महत्वपूर्ण पहल रहेको जनाइएको छ । साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति महासंघले आभार व्यक्त गरेको छ ।
प्रादेशिक भवन निर्माणपछि मधेस प्रदेशमा क्रियाशील पत्रकारहरूलाई संस्थागत रूपमा अझ सहज र प्रभावकारी रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अध्यक्ष बन्जराले यो कार्यलाई पत्रकार महासंघको लागि ऐतिहासिक उपलब्धि भन्दै भविष्यमा प्रदेशस्तरीय पत्रकारिता विकासका लागि भवन निर्माणको कामलाई प्राथमिकतामा राखिने बताए ।
मधेस प्रदेश सरकारबाट भवन निर्माणका लागि स्राेत सुनिश्चित भएकाे बताउँदै अध्यक्ष बन्जराले केही महिनामै भवन निर्माण कार्य सुरु हुने बताए ।

सम्बन्धित खबर