LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यस क्षेत्रमा पहिलो पटक क्याथ ल्याब सुविधा भएको अरोग्य निकेतन हस्पिटलको उद्घाटन गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८स्थित पगलाबाबा धर्मशाला नजिक सो हस्पिटलको बिहिवार एक भव्य कार्यक्रम बीच मुख्यमन्त्री सिंहले उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशका निजी अस्पतालहरुले गरिव र असहायहरुलाई निःशुल्क उपचार व्यवस्था गर्नुपर्ने बताए । मुख्यमन्त्री सिंहले नेपाल सरकारको नियमानुसार प्रत्येक अस्पतालले कम्तिमा १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्ने प्रवधान रहेपनि त्यसको व्यवहारमा नदेखिएको बताए ।


मुख्यमन्त्री सिंहले प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालहरुको छड्के अनुगमन गर्दा सयौ अस्पताल मापदण्ड विपरित संचालन भईरहेको पाइएको बताए । ति अस्पतालहरुलाई बन्द गर्न निर्देशन दिएपनि स्थानीय पालिकाहरुबाट कम बेडको अनुमति लिई बढी बेडको अस्पताल संचालन गरिरहेको उनले खुलाए ।


कार्यक्रममा बोल्दै अरोग्य निकेतन हस्पिटलका प्रबन्ध निर्देशन डा.मोस्ताक अलीले मुटु रोग सम्बन्धी रोगको सम्पुर्ण उपचार तथा क्याथ ल्याब समेतको व्यवस्था रहेको यस क्षेत्रमा एक मात्र अरोग्य निकेतन अस्पताल संचालनमा आएको बताए । क्याथ ल्याबका साथै अन्य रोगका विरामीहरुका लागि अत्याधुनिक ल्याब, सहज र छिटो सेवा दिने आफ्नो प्रयास रहने उनले बताए ।


कार्यक्रममा मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रदेशका साँसद तथा यस क्षेत्रका वरिष्ठ चिकित्सक तथा सर्वसधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।

सम्बन्धित खबर