LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘नयाँ शक्ति’ भन्ने केही तत्वहरूले मुलुकमा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था सहजै नआएको उल्लेख गर्दै उनले शहादत, जेल–नेल तथा अनेक कष्ट र संघर्षको परिणामस्वरूप प्राप्त भएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘केही तत्वहरू फेरि विगतका अन्धकारमय दिन फर्काउन लागेका छन्। आम जनतालाई ‘नयाँ शक्ति’ हो भनेर भ्रममा पारिरहेका छन्। भर्खर खुलेका र योगदानविहीन पार्टी नयाँ होइनन्, र तिनलाई वर्तमानको व्यवस्थाप्रति माया पनि छैन।’ प्रधानमन्त्री ओलीले जेलनेल भोगेर र बलिदान दिएर ल्याइएको व्यवस्थालाई भत्काउन चाहनेहरूले देशलाई बर्बादीतर्फ धकेल्न खोजिरहेको टिप्पणी गरे। साथै, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूले आफूलाई जनताको सेवक ठानी काम गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले भवन निर्माणका लागि गुठी संस्थानबाट लिजमा लिएको जग्गासम्बन्धी पत्रकार र वकिलबीचको विवादबारे पनि प्रधानमन्त्री ओलीले चासो व्यक्त गरे। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठीसँग लिजमा लिएको जनकपुरधाम–४ स्थित ४ कठ्ठा जग्गा तारवार गर्न गरिरहेका बेला नेपाल बार एशोसिएन जनकपुरधामका वकिलहरुको एक समुहले पत्रकारहरुमाथि संघातिक आक्रमण गरेका थिए।

वकिलहरुको आक्रमणबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतोसहित ६ जना घाइते भएका छन्। प्रधानमन्त्री ओलीले पत्रकारलाई अंगभंग हुने गरि भएको घटनामा तत्काल चासो लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिए। ‘यो विवाद कानुनी संवाद र वार्ताबाट समाधान गर्नुपर्छ, जोरजुल्म गरेर होइन।  अहिले राणा शासन वा राजतन्त्रको समय होइन, व्यवस्था फेरिएको छ,’ प्रधानमन्त्री ओलीले भने।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरीको अभावका कारण अपेक्षित रूपमा सुरक्षा कार्य सम्पन्न गर्न नसकिएको बताए। उनले भारतसँग सिमाना जोडिएको प्रदेशमा मातहतमा पर्याप्त प्रहरी नभएकाले सुरक्षामा चुनौती आएको उल्लेख गरे। साथै, प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष प्याकेजको घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रका स–साना खोलामा ड्याम निर्माण गरी पानी संकलन गर्न सके मधेशमा पानीको समस्या समाधान हुने सुझाव दिए।  मधेश प्रदेश सरकारले २१ करोड रुपैयाँको लागतमा निर्माण गरेको प्रशासनिक भवनमा अबदेखि कार्य सम्पादन सुरु भएको एआइजीपी दिपक थापाले जानकारी दिए। स्वागत मन्तव्य राख्दै मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले प्रदेशमा भौतिक पूर्वाधार र दरबन्दीअनुसारको प्रहरी अभावका कारण सुरक्षा व्यवस्थापनमा कठिनाइ भइरहेको बताए।

सम्बन्धित खबर