LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

महोत्तरी । संघीय गणतान्त्रिक गठबन्धनले महोत्तरीको जलेश्वरमा आयोजना गरेको जनजागरण अभियानअन्तर्गत रैली तथा अन्तरक्रिया सभा आइतबार भव्यताका साथ सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको हलबाट सुरु भएको रैली नगर परिक्रमा गर्दै जिल्ला विकास समितिको हलमा पुगेर अन्तरक्रिया सभामा परिणत भएको हो।

रैलीमा गठबन्धनका शीर्ष नेता, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी तथा हजारौं कार्यकर्ताको उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो। सहभागीहरूले “एक मधेश, एक प्रदेश,” “मधेसी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “ओबीसी आयोग तथा निषाद आयोग गठन गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर,” “उर्दु विश्वविद्यालय स्थापना गर,” “मदरसा विधेयक पारित गर,” “भ्रष्टाचारीलाई कारबाही गर” जस्ता नारा लगाउँदै माग र असन्तोष प्रकट गरेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रिजवान अन्सारीले उत्पीडित जनताको मुक्ति, समानता, सामाजिक न्याय र अधिकार सम्पन्न प्रदेश निर्माणका लागि आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने बताए । पुर्व गृहराज्यमन्त्री समेत रहेका अन्सारीले वर्तमान राजनीतिक नेतृत्वलाई अकर्मण्य र सत्ता लिप्सामा डुबेको आरोप लगाउँदै आन्दोलनलाई तेस्रो जनआन्दोलनको स्वरूपमा अघि बढाउनुपर्ने धारणा राखे। लिपुलेक–कालापानीजस्ता राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीलाई दृढतापूर्वक देशको पक्षमा उभिन उनले आग्रह समेत गरे ।


गौर घटना (२०७३ चैत ७) सम्बन्धी सर्वोच्च अदालतको हालैको आदेशप्रति प्रतिक्रिया दिँदै अन्सारीले छानबिन निष्पक्ष र पारदर्शी हुनुपर्ने बताए। दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष पासवानले दलित, मुस्लिम, निषाद, महिलासहितका समुदाय एकजुट भएमा सत्ताको हरेक तहमा आफ्नो उपस्थितिलाई सुनिश्चित गर्न सकिने उल्लेख गरे। सद्भावना पार्टीका अध्यक्ष महतोले वर्तमान मधेसी नेताको असक्षम र अपारदर्शी चरित्रको आलोचना गर्दै जनतालाई नयाँ, इमान्दार र समर्पित नेतृत्व रोज्न आह्वान गरे।

जनजागृति पार्टीका अध्यक्ष निषादले निषाद समुदायको समानुपातिक प्रतिनिधित्वमा जोड दिए भने पूर्व मन्त्री बिमला अन्सारीले मुस्लिम, दलित, निषाद र पिछडिएको वर्गलाई राज्यले सधैं पछाडि पारेको भन्दै अब आफ्नै नेतृत्व रोज्नुपर्ने धारणा राखिन्।

सभा नेपाल संघीय समाजवादी पार्टी महोत्तरीका जिल्ला अध्यक्ष मोहम्मद सैदरको अध्यक्षतामा सम्पन्न भएको थियो भने उद्घोषणा बहुजन एकता पार्टीका नेता प्रकाश महराजीले गरेका थिए।

सम्बन्धित खबर