LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह भएको भन्दै आपत्ति जनाएको छ।

गत भदौ ५ गते केहि सञ्चार माध्यमले समाजिक सञ्जल फेसबुक पेजमार्फत कार्यालय र कर्मचारीमाथि लक्षित गरी प्रसारित सामग्रीको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । ती सामग्रीहरूमा तथ्यविहीन रूपमा कार्यालय प्रमुखसहित कर्मचारीलाई बदनाम गर्ने प्रयास भएको र यसले सार्वजनिक धारणा गलत दिशातर्फ मोड्ने काम गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “गत आर्थिक वर्षमा कार्यालयले कुनै संस्थासँग सम्झौता नगरेको र सेवा शुल्कसमेत नबक्याएको स्पष्ट भइसकेको अवस्थामा यस किसिमको प्रचार÷प्रसार अत्यन्तै आपत्तिजनक र अस्वीकार्य छ।”

कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड अगाडि उभिएर कार्यालय र कर्मचारीको कार्यसम्पादन विषयमा तथ्यहीन र भ्रामक प्रचारप्रसार गरिएको  जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले कार्यालयको छवि मात्र होइन, सरकारी सेवा प्रवाहमा समेत अवरोध पुर्याउने भएकाले तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

कमला सिँचाइ व्यवस्थापन कार्यालयले धनुषा, सिरहा, महोत्तरी र सप्तरी जिल्लामा सिँचाइ सेवा पुर्याउँदै आएको छ। कार्यालयका प्रमुख वीरेन्द्र कुमार यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा तोकिएको नियमअनुसार दर्ता र नवीकरण भएका संस्थासँग मात्र काम गर्ने व्यवस्था रहेको भए पनि केही व्यक्तिहरूले तथ्यहीन समाचारमार्फत जनतालाई भ्रममा पार्ने काम गरिरहेको उल्लेख छ ।

विज्ञप्तिमा तथ्यहीन समाचार प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै हुदै नभएको विषयमा अनावश्यक र सत्य, तथ्यहीन हल्ला फैलाउने विरुद्ध कानुन उपचारको लागि सम्बन्धित निकायमा जाने विज्ञप्तीमा चेतावनी दिईएको छ ।

सम्बन्धित खबर