LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । गौर हत्याको विषयमा सर्वोच्च अदालतले परादेश जारी गरेपछि आन्दोलनमा उत्रेमा जनता समाजवादी पार्टी(जसपा) नेपालले आज भुमि विद्येयक २०८२ जलाएको छ ।

संघीय सरकारले भुमि विद्येयक ल्याएर मधेशलाई मरभुमि बनाउन खोजे जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले सोमबार साँझ जनकपुरधामको जनक चोकमा सो विद्येयक जलाएका हुन् । भुमि विद्येयकमा सरकारलाई सहयोग गरेकोले केपी ओली शर्मा नेतृत्वको सरकारले १९ वर्षपछि पुरानो गौर हत्याकाण्डमा आफ्ना अध्यष उपेन्द्र यादवलाई फसाउन खोजेको जसपा नेपालले विगत एक सप्ताहदेखि विरोधका कार्यक्रम गर्दै आएको छ ।


अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै जसपा नेपालले आन्दोलन गर्दै आएको छ । जसपा नेपालका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले भुमि विद्येयक ल्याएर सरकारले मधेशलाई मरभुमि बनाउन खोजेको आरोप लगाए ।

 

अहिले क्षेत्रमा पहाडी जिल्लाबाट आएका लाखौ व्यक्ति अवैध रुपमा बसोवास गर्दै आएको उल्लेख गर्दै उनले भने,‘ भुमि विद्येयक आएको खण्डमा अवैध रुपमा बसेका व्यक्तिहरुले जमिनको लालपुर्जा पाउने र चुरे क्षेत्रको अझ बढी दोहन हुन्छ । त्यसकारण भुमि विद्येयक मधेशी जनताको जीवन मरणसँग जोडिएको विषय हो ।’

कार्यक्रममा धनुषाका अध्यक्ष पशुपति यादवले गौर घटनालाई पुनः उठाएर मधेस आन्दोलनका नेताहरूलाई निशाना बनाउन खोजिएको आरोप लगाए ।

 

सम्बन्धित खबर