LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । एक शिक्षकलाई बन्धक बनाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ ।

पर्सा बहुदरमाई घर भई प्रसौनी –६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडा कार्यालयमा बन्धक बनाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि वडाध्यक्ष कुश्वाहा निर्वाचित भएका नेकपा माओवादी केन्द्रले निलम्बन गरेका हुन् । वडाध्यक्ष कुश्वाहासहित ८ जनाले मदिरा सेवन गरी शिक्षक यादवलाई पछाडिबाट हात बाधेर वडा कार्यालयमै कुटपिट गरेको भिडियो यतिवेला समाजिक सञ्जालमा भाईल भएका छन् ।


वडाध्यक्ष कुशवाहा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य र २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका मधेस इन्चार्ज तथा पुर्व मन्त्री मातृका यादवले अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै वडाध्यक्ष कुश्वाहालाई निलम्बल गरिएको माओवादी केन्द्रका बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले बताए ।

यता, प्रहरीले पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए । कुशवाहा अहिले बारा प्रहरीको हिरासतमा छन् । यस अघि पनि कुशवाहा चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए ।

सम्बन्धित खबर