जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमि सम्बन्धी विद्येयकको विरुद्धको आन्दोलन निष्कर्षमा नपुर्एर सम्म आन्दोलन जारी रहेने बताएका छन् ।
सुकुमवासी व्यवस्थापनको नाममा भुमि विद्येयक ल्याएर सरकारले मधेशलाई मधेशलाई मरुभूमिकरण बनाउने खोजेको आरोप लगाए । चुरे विनाशका कारण मधेशमा भूमिगत पनिको सतह समाप्त हुँदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ भुमि विद्येयकले थप चुरे विनाश बढाउँछन् र मेधश मरुभूमिमा परिणत हुने निश्चित छ ।’

शनिवार जनकपुरधाममा मधेशी स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकार सुल्टोबाटो हिडनु पर्नेमा झन उल्टो बाटोमा हिड्न लागेको बताए ।
विचौलिया र भूमि माफियाको इसारा भूमि विधेयक ल्याएको हो, अध्यक्ष यादवले भने,‘ यसले मधेशलाई मरुभूमिकरण मात्र नभई औपनिवेशीकिरणमा समेत परिणत गराउने छ , त्यसकारण सरकारको यो कदम विरुद्ध जसपा नेपालले शुरुगरेको आन्दोलनलाई निष्कर्ष सम्म पु¥याएरै छोड्छ ।’
प्रजातन्त्रको ३५ वर्षे अवधीमा मुलुक अघि बढनु पर्नेमा काँग्रेस र एमालेका कारण मुलुकलाई झन अधोगति भोग्नु परि रहेको उल्लेख गर्दे उनले भने ,‘ यो अवधीमा मुलुकको उद्योग धन्दा समाप्त भएको छ , शिक्षाको गुणस्तर खस्किएको छ , मुलुक ऋणमा डुबेको छ । त्यतिमात्र होइन मुलुक अहिले ग्रे लिष्टमै परि सकेको छ ।’ मुलुकमा गरिबी भ्रष्टाचार र वेथिति अन्तिम विन्दुमा पुगेको भन्दै अध्यक्ष यादवले त्यो हटाउनका लागि पनि आफुहरु आन्दोलनमा होमिएको दावि गरे ।
कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशको भावना विपरित ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन जसपा नेपालको संघर्ष जारी रहेने चेतावनी दिए ।
वर्तमान सरकार संविधानको मर्म विरुद्ध भूमि विधेयक ल्याएको उनले दावी समेत गरे । यो विधेयकले मधेशमा मधेशीलाई अल्पमत पार्ने महेन्द्र पथलाई निरन्तरता दिएको हुँदा त्यसको विरुद्ध संघर्ष आवश्यक रहेको उनको भनाई थियो ।






