LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । मधेश प्रदेशमा बाल संरक्षण तथा बालबालिका विरुद्धको घटना व्यवस्थापन सम्बन्धी सीपीआईएमएस कम्प्युटर तालिम जनकपुरधाममा सुरु भएको छ ।

संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले युनिसेफ नेपालको सहयोग तथा सहकार्यमा उक्त तालिम सोमवारदेखि सुरु भएको हो । बालबालिकाविरुद्धका कुनै पनि घटना तथा बालअधिकार उल्लंघनका विवरणहरू कम्प्युटर सफ्टवेयरमा प्रविष्ट गरी पीडित बालबालिकालाई छिटो, छरितो र सर्वसुलभ न्याय दिलाउने प्रमुख उद्देश्यका साथ यो तालिम आयोजना गरिएको हो।

युनिसेफ नेपाल र परिषद्को सहकार्यमा तयार गरिएको यो घटना व्यवस्थापन सफ्टवेयरले मधेश प्रदेश सरकारलाई घटनाको बढ्दो–घट्दो अवस्थाको आधारमा नीति, नियम निर्माण गर्न तथा वार्षिक बजेट र कार्यक्रम तय गर्नसमेत सहयोग पुग्ने राष्ट्रिय बालअधिकार परिषद्का परियोजना संयोजक श्रीराम अधिकारीले जानकारी दिए । यस प्रणालीले कागजी प्रक्रियाको बोझ घटाउँदै अब डाटा, तथ्यांक र घटना विवरण फाइलमार्फत नभई कम्प्युटर प्रणालीमार्फत उपलब्ध गराईने संयोजक अधिकारीले बताए ।

युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कामदेव खनालले बालअधिकारको वृहत्तर संरक्षणका लागि यो तालिमले स्थानीय सरकारहरूको दायित्वलाई थप प्रभावकारी बनाउने दावि गरे । उनले समुदायस्तरमै बालबालिकाको सर्वाङ्गीण विकास र संरक्षणमा घटना व्यवस्थापन प्रणालीले सकारात्मक परिवर्तन ल्याउँदै बाल न्यायको प्रत्याभूति छिटो हुने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी एक बालकल्याण अधिकारीले “हाम्रो जिम्मेवारी अझ बढेको महसुस भएको छ। मधेशका बालबालिकाको संरक्षणका लागि हरेक काम कम्प्युटरबाट गर्नु अत्यावश्यक छ। यसले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्छ,” भन्दै तालिमप्रति उत्साह व्यक्त गरे ।

तालिममा परियोजना संयोजक श्रीराम अधिकारी, सूचना प्रविधि सहायक उज्जल आचार्य तथा युनिसेफ नेपालका प्रतिनिधि कामदेव खनालले बाल संरक्षण र घटना व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए । रौतहट, बारा र धनुषा जिल्लाका स्थानीय तहका बालकल्याण अधिकारी, सूचना प्रविधिसँग सम्बन्धित कर्मचारी, केस वर्कर, बालहेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र १०४, नेपाल प्रहरी, एकद्वार संकट व्यवस्थापन केन्द्र, गैसस, मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि तथा पत्रकार गरी उल्लेख्य महिला सहभागितासहित ३५ जनाको सहभागिता रहेको यो दुईदिने आवासीय तालिम मंगलवार सम्पन्न हुनेछ ।

परियोजना संयोजक श्रीराम अधिकारीको नेतृत्वमा रहेको परिषद्को टोलीले धनुषाका केही स्थानीय तहमा बालअधिकार संरक्षणका क्षेत्रमा भइरहेका कार्यहरूको अनुगमनसमेत गर्ने योजना रहेको छ।

सम्बन्धित खबर