LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश सरकारले शहीद परिवारलाई बेवास्ता आएको मधेशी शहीद प्रतिष्ठानले आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिष्ठानले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन मधेश प्रदेश सरकारले नजिकदै गएको बलिदानी दिवसको कुनै तयारी नगर्नु, शहीद परिवारलाई दिइँदै आएको राहत तथा सुविधा प्याकेज रोकिनु र प्रतिष्ठानका कर्मचारीले ७÷८ महिनादेखि तलब नपाएको गुनासो गरेको छ ।

प्रतिष्ठानका सदस्य शुभम यादवले बलिदानी दिवसजस्तो ऐतिहासिक दिनलाई ओझेलमा पार्नु सरकारको गम्भीर लापरवाही भएको आरोप लगाए । साथै, प्रतिष्ठानसम्बन्धी ऐन मन्त्रीपरिषद्बाट स्वीकृत गरी प्रदेशसभामा पेश नगरी संस्थालाई कमजोर बनाउने प्रयास भएको आरोप लगाए । ‘ऐन अलपत्र पारेर प्रतिष्ठानलाई कमजोर बनाउने र अन्ततः निष्क्रिय बनाउने योजना देखिन्छ,’ उनले भने ।

गृह, सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि प्रतिष्ठानलाई वैकल्पिक व्यवस्थापन नगरी कार्यालय खाली गर्न दबाब दिइएको आरोप समेत उनले लगाए । मधेशी शहीद प्रतिष्ठानसम्बन्धी ऐन बनेको महिनौं बितिसक्दा पनि उक्त ऐन मन्त्रीपरिषद्बाट स्वीकृत गराई प्रदेशसभामा पेश गर्ने कुनै तयारी सरकारले नगरेको यादवको दाबी छ ।

सरकारले मागहरू तत्काल सम्बोधन नगरे शान्तिपूर्णदेखि चरणबद्ध आन्दोलनसम्म जाने चेतावनी शहीद परिवारले दिएका छन् ।

सम्बन्धित खबर