जनकपुरधाम । धनुषाको एक मस्जिदमा तोडफोड र पवित्र कुरान जलाइएको घटनालाई लिएर मधेश प्रदेशमा तनाव उत्पन्न भएको छ ।
शनिवार धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको एक मस्जिदमा केहि अराजक तत्वले तोडफोड तथा आगजनी गरेका थिए । सोही घटनालाई लिएर विरंजमा आईतवार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । घटनाप्रति आक्रोश जनाउँदै वीरगन्जका घण्टाघर, छपकैया लगायत क्षेत्रमा टायर बालेर स्थानीय मुस्लिम समुदायले विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा केही समूहले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दा छपकैया प्रहरी बिटमा समेत तोडफोड भएको पर्सा प्रहरीले जनाएको छ। भीड नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गर्नुपरेको र अहिलेको अवस्था सामान्य भइसकेको मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले बताए ।
हिजो शनिवार धनुषाको कमला नगरपालिकामा भएको घटनालाई लिएर तनाव उत्पन्न भएपछि प्रहरी सुरक्षा व्यवस्था मजगुत बनाउन हाई अलटमा रहेको बताए । उनले प्रदेशका विभिन्न शहरी क्षेत्रमा उल्लेखनिय संख्यामा प्रहरी परिचलान गरिएको बताए । धार्मिक सद्भाव बिथोल्ने तथा धार्मिक सम्पदाहरुमा तोडफोड गर्ने तथा क्षति पुर्याउनेलाई कडा कारावाही गर्ने उनले चेतावनी समेत दिए ।

त्यसैगरि, आईतवार धनुषाकै मस्जिदमा भएको घटनालाई लिएर राजविराजमा पनि मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् । दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकरात्मक सन्देशह जानेगरि भिडियो टिकटकमा पोस्ट गरेको र उनीहरुलाई कारवाहीको माग गर्दै शनिवार विहान करिव ११ बजे करिव तीन सय हिन्दु समुदायका व्यक्तिहरु स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बमका अनुसार थोरै संख्यामा चौकीमा रहेका प्रहरीले थप मदतका लागि इलाका प्रहरी कार्यालय खजुरीसँग समन्वय गरे । इलाका प्रहरी कार्यालय खजुरीले स्थित नियन्त्रणमा लिन उक्त भिडियो पोस्ट गर्ने युवाहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाएको थिए ।
कानुनी कारवाहीको प्रहरीले प्रक्रिया अगाडी बढाई रहेको बेला वाहिरका केहि युवाहरुले मस्जिदमा गएर तोडफोड र आगजनी गरेको प्रवक्रा बमले बताए । स्थानीय १९ वर्षिय हैदर अन्सारी र १९ वर्षिय अमानत अन्सारीले उक्त भिडियो टिकटमा पोस्ट प्रवक्ता बलमे बताए । तर कहिले पोस्ट गरिएको भने वारेमा यकिन नरहेको उनले बताए । अहिले अन्सारीद्वय प्रहरी नियन्त्रणमा रहेका छन् ।
मस्जिदमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेका स्थानीय २५ वर्षिय कपिल भन्निे रामप्रताप साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता बमले बताए । घटनामा संलग्न रहेका अन्य युवाहरु फरार भएको र उनीहरुको खोजि कार्य भईरहेको उनले बताए । वर्षोदेखि मिलेर बसेको समाजमा केहि व्यक्तिले आफ्ना स्वार्थमा समाजिक सद्भाव र धार्मिक सहिण्षुतामा खल्ल पुर्याउने काम गरिरहेको र त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने उनले बताए ।
यता, आज धनुषाका मुस्लिम समुदायले घटनामा संलग्न दोषीलाई पहिचान गरी कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, गृह मन्त्रालयसहितमा ज्ञापनपत्र बुझाएका छन् । मधेश प्रदेशका अल्पसंख्यक समुदायमाथि आक्रमण भईरहेका कुनैपनि पार्टी राजनतिक दल र तिनका नेताहरुले कुनै चासो नदेखएकोमा मुस्लिम समुदायले दुःख समेत व्यक्त गरेका छन् ।
यसैबीच, सङ्घीय गणतान्त्रिक गठबन्धनले पनि मस्जिदमा भएको तोडफोड तथा आगजनी घटनाको बिरोध गर्दै घटनाका दोषीलाई कारवाहीको माग गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
सङ्घीय गणतान्त्रिक गठबन्धनका संयोजक तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीज्यूको नेतृत्वमा बुझाएको ज्ञापनपत्रमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसंख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिरहेको उल्लेख छ । यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र मुलुकलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको सङ्घीय गणतान्त्रिक गठबन्धनको भनाई छ ।




