LIVE
नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा |

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मधेशवासीलाई शान्ति, भाइचारा र सामाजिक एकता कायम राख्न सार्वजनिक अपिल गरेका छन् ।

प्रदेश प्रमुख कर्णले सोमबार जारी गरेका प्रेस विज्ञप्तिमा सदियौँ पुरानो सामाजिक एकता र भाइचारा कायम राख्न सबैसँग अपिल गरिएको छ । प्रेस विज्ञप्तीमा उल्लेखछ,‘मधेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराहरूको सुन्दर संगम स्थल रहेको र परापुर्व कालदेखि हामीले एकअर्काको आस्था र अस्तित्वको सम्मान गर्दै ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ को संस्कारलाई आत्मसात् गर्दै आएका छौं । तर, पछिल्ला केही दिनयता केही स्थानहरूमा देखा परेका अस्वाभाविक गतिविधि र असमझदारीले हाम्रो सदियौँ पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्याउन सक्ने अवस्था सिर्जना भएको प्रति म चिन्तित छु ।’

नागरिकहरूलाई सचेत रहन र समाजमा उत्तेजना वा आवेगमा नआउने आग्रह गरिएको छ । ‘ विचार र आस्था फरक हुन सक्छन् । तर, हाम्रो मानवीय पहिचान र सामाजिक एकता एउटै हो । त्यसैले, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य नगर्न र शान्ति एवं अमनचयन कायम राख्न सबैले एकजुट हुन आवश्यक छ’, विज्ञप्तीमा भनिएको छ ।

?????? ?????? ???? ????? ?????
??????????? (?????), ?? ???????? ???? ???????? ????????? ?????? ?????? ?? ????????? ??? ???? ??????? ?????????????? ?????? ?????? ?????????? ????? ????? ?????????????????? ???????????? ???÷????

संवाद र सहकार्य नै हरेक समस्याको समाधान रहेकोमा विज्ञप्तीमा जोड दिईएको छ । ‘हामी सबै मिलेर प्रमाणित गरौं कि मधेश केवल विविधताको भुमि मात्र नभई यो अटुट एकता र प्रेमको भूमि पनि हो । शान्ति र सद्भाव नै हाम्रो पहिचान हो’, उनले विज्ञप्तीमा भनेका छन् ।

यसैबीच, नव गठित राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सोमवार धनुषाको कमला नगरपालिका–६ मा शनिवार एक मस्जिदमा भएको तोडफोड तथा धार्मिक पुस्तकहरु जलाएको घटनाको विषयमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलसहितसँग भेटघाट गरेका छन् । भेटमा अध्यक्ष अन्सारीले घटनाको छानबिन गरि दोषिलाई कारर्वाही गर्न माग समेत गरेका छन् ।

सम्बन्धित खबर