LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषा जिल्लामा सामाजिक सद्भाव, आपसी भाइचारा र शान्ति कायम गर्न सर्वपक्षीय बैठकले निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा मंगलवार आयोजित सर्वपक्षीय बैठकमा पछिल्लो समय देखिएका सामाजिक तथा धार्मिक संवेदनशील विषय, सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र भ्रामक सूचनाबाट उत्पन्न हुनसक्ने द्वन्द्वबारे गम्भीर छलफल गरिएको छ ।

वक्ताहरूले धनुषा बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक जिल्ला भएकाले आपसी सहिष्णुता, सम्मान र संवाद नै सामाजिक एकताको आधार भएको बताएका छन् । कुनै पनि बहानामा सामाजिक सद्भाव बिगार्ने गतिविधि अस्वीकार्य हुनेमा सबै पक्ष एकमत देखिएका थिए ।

राजनीतिक दलका प्रतिनिधिहरूले सामाजिक शान्ति र सद्भावका विषयमा साझा जिम्मेवारी रहने प्रतिबद्धता जनाए भने नागरिक समाजका अगुवाहरूले समुदायस्तरमै सचेतना र संवाद आवश्यक रहेको बताए ।
हिन्दु तथा मुस्लिम धर्मगुरुहरूले धर्मको नाममा घृणा फैलाउने कार्य गलत भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता र संयम अपनाउन आग्रह गरे । पत्रकारहरूले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणको आवश्यकता औंल्याए भने सुरक्षा निकायले शान्ति सुरक्षामा कडाइ गरिने चेतावनी दिए ।

छलफलको निष्कर्षमा सबै पक्षले सामाजिक सद्भाव कायम गर्न सहकार्य, संवाद र विभाजनकारी गतिविधिको विरोध गर्ने सहमति गरेका छन् । वैठकमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, हिन्दू–मुस्लिम समुदायका धार्मिक अगुवा, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर