LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंहलाई नियुक्त गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा डा. सिंहको नियुक्तिसम्बन्धी जानकारी सार्वजनिक गर्दै संवैधानिक व्यवस्था अनुसार नियुक्ति गरिएको उल्लेख गरिएको छ ।

नव नियुक्त मुख्य न्यायाधिवक्ता डा.सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।

सम्बन्धित खबर