LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुरधाम आइपुगेका छन् ।

सभापति लामिछाने र बालेन जनकपुरधाम आउने लागेको खबर भएका समर्थहरुले जनकपुरधाम विमानस्थलमा भिड लागेको थियो । स्वागतका पुगेका कार्यकर्ताहरु अनियन्त्रित भई जनकपुरधाम विमानस्थलको वाहिर निसक्ने ढोकाको एउटा सिसा नै फुट्न पुगेको छ ।
सुरक्षाको कारण देखाउँदै बालेन साह केहीबेर विमानस्थलभित्रै रोकिएका थिए । सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै उनले जनकपुरधाममा उपस्थित भएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको बताए । भोलि हुने ‘परिवर्तनको उद्घोष सभा’बाट थप विषयमा धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । साथै, सभाको सुरक्षाबारे सुरक्षा अधिकारीहरूसँग छलफल भइरहेको पनि उनले बताए ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह हाल जनकपुरधामस्थित मिथिला यात्री निवास होटलमा बसेका छन् ।

रास्वपाको मधेश संगठनका उपप्रमुख अम्बु प्रसाद साहका अनुसार, उनीहरुको भोलि बिहान जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बिहान १० बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा कार्यकर्ता भेटघाट कार्यक्रम र दिउँसो १ बजे स्थानीय तिरहुतिया गाछीमा आयोजना हुने ‘परिवर्तनको उद्घोष सभा’लाई बालेन साहले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएयता बालेन साहको यो पहिलो सार्वजनिक राजनीतिक मञ्चबाटको सम्बोधन हुन लागेको हो ।

सम्बन्धित खबर