LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि पहिलोपटक मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी आमसभा सुरु गर्ने भएको छ । कांग्रेसले ६ फागुनमा जनकपुरधामस्थित तिरहुतिया गाछीमा पहिलो चुनावी आमसभा आयोजना गर्न लागेको हो ।

मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले उक्त आमसभाको मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई तथा प्रचार–प्रसारको जिम्मेवारी सञ्चार विभाग मधेश प्रदेश प्रमुख नितेशकुमार गुप्तालाई दिएको छ ।

त्यसैगरी, आमसभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट आम कार्यकर्ता तथा सर्वसाधारणलाई बोलाउने निर्णय गरिएको छ ।

उक्त आमसभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।​​​​

सम्बन्धित खबर