LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

जनकपुरधाम। धनुषा क्षेत्र नम्बर १ का नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले अन्ततः निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

वित्तीय संस्थाले कालोसूचीमा राखेको कारण निर्वाचन आयोगको निर्देशनमा धनुषा–१ का निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार ८८किशोरी साह ९कमल०८८को उम्मेदवारी खारेज गरेको थियो। तर उम्मेदवारी खारेज भइसकेको अवस्थामा पनि साहले मत प्राप्त गरेका थिए।

मतगणनाअनुसार साहले ३० हजार ४९१ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारमध्ये नेकपाका मातृका यादवले १० हजार ४३०, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२, नेकपा ९एमाले०का रामचन्द्र मण्डलले ९ हजार ३२५ तथा राप्रपाका मनोज मल्लले ३ हजार ७१८ मत प्राप्त गरेका थिए।

उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उक्त विषयमा अदालतले हालसम्म कुनै आदेश जारी नगरेको अवस्थामा आयोगले मतगणना सम्पन्न भए पनि प्रमाणपत्र वितरण रोकेको थियो।

तर व्यापक जनदबाबपछि आयोगले अन्य उम्मेदवारभन्दा बढी मत ल्याएका नेकपा उम्मेदवार यादवलाई सोमबार साँझ निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो।

सम्बन्धित खबर