LIVE
वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र | गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा | धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा लिनम्बनमा |

जनकपुरधाम । मधेस प्रदेशका ९० प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । ३२ निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारको जमानत जफत भएको देखिएको छ ।

सार्वजनिक तथ्यांकअनुसार प्रदेश भरिका कुल ९८५ उम्मेदवारमध्ये ८९४ जनाको जमानत जफत भएको छ भने केवल ९१ जनाले मात्र जमानत जोगाउन सफल भएका छन्। यस हिसाबले ९ दशमलव २४ प्रतिशत उम्मेदवारले जमानत जोगाउन सफल भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवारीसम्बन्धी विवादका कारण आधिकारिक मतपरिणाम अझै सार्वजनिक भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरे पनि मतपत्रबाट उक्त पार्टीको चुनाव चिन्ह हटाइएको थिएन। त्यसै चिन्हमा सबैभन्दा बढी मत खसेको बताइएको छ। तर आयोगले भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

मतपरिणाम सार्वजनिक भएका ३१ निर्वाचन क्षेत्रमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत भएको हो। जिल्लागत विवरणअनुसार सप्तरीका चार निर्वाचन क्षेत्रमा कुल १०२ उम्मेदवारमध्ये ९० जनाको जमानत जफत भएको छ भने १२ जनाले जमानत जोगाएका छन्। सिराहाका चार क्षेत्रमा १३८ उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत हुँदा ११ जनाले मात्र जोगाउन सफल भएका छन्। धनुषाका तीन क्षेत्रमा ११६ उम्मेदवारमध्ये १०६ जनाको जमानत जफत भएको छ भने १० जनाले जमानत जोगाएका छन्।

त्यसैगरि, महोत्तरीका चार निर्वाचन क्षेत्रमा १३९ उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत भएको छ भने १२ जनाले जोगाएका छन्। सर्लाहीका चार क्षेत्र वटै क्षेत्रका १३१ उम्मेदवारमध्ये १२२ जनाको जमानत जफत हुँदा ९ जनाले मात्र जोगाउन सकेका छन्। चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटका १४२ उम्मेदवारमध्ये १२८ जनाको जमानत जफत भएको छ भने १४ जनाले जमानत जोगाएका छन्। यसैगरी, बाराका चार निर्वाचन क्षेत्रमा ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ भने ११ जना र पर्साका चार निर्वाचन क्षेत्रमा १०७ उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत हुँदा १२ जनाले जमानत बचाएका छन् ।

पार्टीगत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले यस निर्वाचनमा जमानत जोगाउने मामिलामा उत्कृष्ट प्रदर्शन गरेको छ । पार्टीका ३१ उम्मेदवारमध्ये सबैले जमानत बचाएका छन्। जसमध्ये ३० जना निर्वाचित भएका छन् भने एक जना रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार तेस्रो स्थानमा प्राप्त गरेका थिए ।

नेपाली काँग्रेसका ३२ जना उम्मेदवार मध्ये १ जना निर्वाचित भएका छन् भने २२ जनाले जमानत जोगाउन सफल भए ।

त्यसैगरि, नेकपा (एमाले) का १६, जनता समाजवादी पार्टी नेपालका ९, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा आजपा, जनमत पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वाभिमान पार्टीका एक–एक जनाले जमानत जोगाउन सफल रहेको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खबर