LIVE
सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र | गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा | धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा लिनम्बनमा | सत्याग्रहमा बसेका कर्णको स्वास्थ्य अवस्था बिग्रिदै | विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्न शिक्षा मन्त्री तिवारीको माग | धनुषामा ट्याक्टर दुर्घटना स् एक चालकको ज्यान गयो, अनुसन्धान जारी | सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन | ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै |

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादास्पद व्यापारी दीपक भट्टसँग सेयर लगानीसम्बन्धी विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफस्वरूप उनले नैतिकताको आधारमा पद त्याग गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजैदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन पारदर्शी र स्वच्छ हुनुपर्नेमा जोड दिएका छन्।

उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै भनेका छन्, “देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको छ।” साथै उनले ४६ जना युवाको बलिदानबाट बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकतामार्फत दिनुपर्ने बताएका छन्।

आफूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन होस् र पदमा बस्दा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।

राजीनामासँगै उनले सञ्चारकर्मीमाथि पनि प्रश्न उठाउँदै केही मिडियाकर्मीहरूको ‘स्वीट शेयर’ सम्बन्धी विषयसमेत बाहिर आउने संकेत गरेका छन्। “रामराज्य चाहनेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्छ,” उनले भने।

अन्त्यमा उनले नेपाली जनता र युवालाई साँचो परिवर्तनका लागि सत्य,इमान्दार र आत्मशुद्धीको बाटोमा उभिन आहवान गरेका छन् ।

सम्बन्धित खबर