LIVE
उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र | गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा | धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा लिनम्बनमा | सत्याग्रहमा बसेका कर्णको स्वास्थ्य अवस्था बिग्रिदै | विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्न शिक्षा मन्त्री तिवारीको माग | धनुषामा ट्याक्टर दुर्घटना स् एक चालकको ज्यान गयो, अनुसन्धान जारी | सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन |

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

“उहाँ (शेखर गोल्छा)लाई विभिन्न कसूरमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको हो,” सीआईबीका प्रमुख एआईजी मनोज केसीले बाह्रखरीसँग भने ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले प्रस्ट पारेको छ ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई आज नक्सालबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको ब्युरोले बताएको छ । गोल्छालाई पुल्चोकमा राखिएको स्रोतले जानकारी दियो ।

सम्बन्धित खबर