LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम ।पर्सा जिल्लाका विभिन्न स्थानमा रहेको अतिक्रमण हटाउने अभियान तिव्रता पाएको छ । अभियान अन्तर्गत गण्डक नहर क्षेत्रका दुई स्थान गरि ७ भन्दा बढी भौतिक संरचना हटाईएको छ ।

अभियानअन्तर्गत पहिलो दिनमै वीरगञ्ज स्थित गण्डक नगर क्षेत्रको ३२५ भौतिक संरचना हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आइतबारदेखि सुरु गरिएको उक्त अभियानमा बिहानैदेखि डोजर प्रयोग गरी संरचनाहरू हटाइएको हो।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत तथा इन्जिनियर सुरेश साहका अनुसार पर्साका विभिन्न स्थानीय तहमा पर्ने गण्डक नहर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। उनका अनुसार अभियानमा चार वटा डोजर परिचालन गरिएको थियो ।

अतिक्रण्म हटाउन एक नारायणी सिँचाइ व्यवस्थापन कार्यालयको, एक यान्त्रिक सिँचाइ व्यवस्थापन कार्यालयको तथा दुई वटा स्थानीय तहको डोजर प्रयोग गरिएको थियो । ती डोजरमार्फत जगरनाथपुर गाउँपालिकास्थित नेपाल प्रवेश बिन्दुदेखि सखुवा प्रसौनीको महुवनसम्म तथा वीरगञ्जको गण्डक चोकदेखि महुवन चोकसम्मका संरचना हटाइएका छन् ।

महुवन क्षेत्रमा पारसनाथ मठको जग्गा अतिक्रमण गरी बनाइएका करिब ४० घरसमेत भत्काइएको इन्जिनियर साहले जानकारी दिए । पछिल्ला वर्षहरूमा नहर क्षेत्रमा अतिक्रमण तीव्र रूपमा बढ्दै गएपछि यस्तो अभियान आवश्यक भएको उनले बताए । स्थानीय प्रशासनले तीन दिनअघि नै सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो । जसअनुसार केही संरचना स्थानीयवासीले आफैं हटाएका थिए ।

यसैबीच, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको पहलमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान पनि तीव्र बनाइएको छ। उक्त क्षेत्रमा ५ बिघा जग्गा खाली गराइएको छ ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवका अनुसार सो क्षेत्रमा बिहानैदेखि सात वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य गरिएको हो। हालसम्म ३८० वटा घरटहरा हटाइसकिएको उनले जानकारी दिए। गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थलगत निरीक्षणमा पुगेपछि अभियानले तीव्रता पाएको हो उनको भनाई थियो ।

त्यस्तै, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जग्गा खाली गराउने कार्य पनि जारी रहेको मन्त्री महतोले बताएका छन्। अभियान सफल बनाउन करिब ३ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

सम्बन्धित खबर