LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । सशस्त्र प्रहरीले सिमावर्ति क्षेत्रमा निगरानी कडा पार्दा महोत्तरीमा ठुलो परिमाणमा अवैध रूपमा निकासी गर्न लागिएको स्याउ बरामद भएको छ ।

शनिबार महोतरीको मनराशीसवा नगरपालिका–२ नजिक नेपाल–भारत सिमा क्षेत्रमा जाँचका क्रममा तीन वटा पिकअप गाडीसहित करिब ६ हजार किलोभन्दा बढी स्याउ नियन्त्रणमा लिइएको हो । विशेष सुचनाका आधारमा सशस्त्र प्रहरीले चेकजाँच गरेपछि प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका पिकआपमा भारी परिमाणमा स्याउ फेला परेका थिए ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीहरूबाट ३४५ वटा कार्टुनमा प्याक गरिएको जम्मा ६ हजार ९ किलोग्राम स्याउ लोड गरिएको अवस्थामा बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल महोत्तरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बरामद गरिएको स्याउ र सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालय महोत्तरी पठाएको जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि पछिल्लो समय निगरानी अझ कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर