LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

मधेश प्रदेशमा बुधबार आयोजित एक कार्यक्रममा उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत सभापति गगन थापाको नेतृत्व स्वीकार गर्दै पार्टी सुदृढीकरण अभियानमा जुट्न आह्वान गरेका हुन् । यादवले पार्टीभित्र विभिन्न समूह र भेलाको राजनीति गर्दै अघि बढ्ने प्रवृत्तिले संगठन कमजोर हुने उल्लेख गर्दै अब सबै नेता कार्यकर्ता साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अब पार्टीभित्र यो भेला र त्यो भेला भन्दै अलग अलग धारमा लागेर हुँदैन । हामी सबैले गगन थापालाई सभापतिको रूपमा स्वीकार गरेर एक ढिक्का हुनुपर्छ ।’

उनले नेपाली कांग्रेसलाई बलियो बनाउन क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

मधेश प्रदेशका नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठन विस्तार र सुदृढीकरणमा लाग्न उनले विशेष आग्रह गरे ।

सम्बन्धित खबर