LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।

आयोगको बर्दिबास कार्यालयका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

एक उपभोक्ता समिति अध्यक्षसँग काम मिलाइदिने भन्दै रकम मागिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई औरही सडक क्षेत्रमा पक्राउ गरेको जनाएको छ।

अख्तियारका अनुसार पक्राउ परेका यादवसँग थप नगद रकमसमेत रहेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सम्बन्धित खबर