LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका स्थित बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ । उनीहरु शनिवार नै साथीहरुसँग घुम्न गएको वेलामा पानीमा डुबेर वेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो शनिवार साँझ करिब ४ बजे जिल्ला रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झुलुङ्गे पुलमुनि बागमती नदी क्षेत्रमा पाँच जना साथीहरू घुम्न गएका थिए । सो क्रममा नदी तर्ने क्रममा दुई जना युवक नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सर्लाही लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका थिए ।

घटनाको जानकारी पाएपछि खोजतालसमा खटेका सुरक्षाकर्मीले आज विहान सवा १० बजे रोहितको शव बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ नदीमा फेला परेको छन् भने दिउँसो ढेड बजे गणेशको शव बागमती पुलभन्दा करिब १ किलोमिटर उत्तरतर्फ ड्याम साइडको पानीमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुई मृतकको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । उक्त घटनामा सँगै गएका अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर