LIVE
मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने | योजनामा अनियमितता वारे अवाज उठाउदा जनमतकी साँसद खातुनमाथि आक्रमणको प्रयास | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | मधेश कांग्रेसका प्रमुख सचेतक झाले दिए राजीनामा | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | उखु किसानको रकम अझै रोकियो सरकारसंग सांसद अमरेशकुमार सिंहको माग | मधेश प्रदेश सरकारको भविष्य अव प्रचण्डको हातमा | मधेश लोक सेवा आयोगको सदस्यमा बिमला यादव नियुक्त | नेकपाले अर्थको अडान नछोड्दा अन्तिम समयमा रोकियो सरकार विस्तार | सर्लाहीको नुनथर घुम्न गएका दुई जनाको बागमती नदीमा डुबेर मृत्यु |

जनकपुरधाम ।मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८३। ०८४को नीति तथा कार्यक्रम आगामी १५ जेठमा सार्वजनिक गरिने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले १५ जेठमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो। मधेश प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले १५ जेठ

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरिबी न्यूनीकरण, रोजगारी वृद्धि, जिडिपी तथा आर्थिक वृद्धिलाई प्राथमिकतामा राखिएको छ। साथै बहुवर्षीय तथा गौरवका आयोजनाहरू, विगतदेखि अधुरा रहेका योजनाहरूलाई पनि प्राथमिकता दिइने उनले बताए।

उपाध्यक्ष सिंहका अनुसार नमुना विद्यालयहरूमा आवासीय सुविधाको व्यवस्था तथा जनतालाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई समेत प्राथमिकतामा समेटिएको छ।

सम्बन्धित खबर