LIVE
नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड | मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने | योजनामा अनियमितता वारे अवाज उठाउदा जनमतकी साँसद खातुनमाथि आक्रमणको प्रयास | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | मधेश कांग्रेसका प्रमुख सचेतक झाले दिए राजीनामा | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | उखु किसानको रकम अझै रोकियो सरकारसंग सांसद अमरेशकुमार सिंहको माग | मधेश प्रदेश सरकारको भविष्य अव प्रचण्डको हातमा | मधेश लोक सेवा आयोगको सदस्यमा बिमला यादव नियुक्त |

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ ९सीमा वारपारको जग्गा भोगाधिकार० र दशगजा क्षेत्र अतिक्रमणसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

आइतबार मन्त्रालयले जारी गरेको स्पष्टीकरणमा नेपाली भूमि लिपुलेक क्षेत्रहुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको धारणा यसअघि नै सार्वजनिक गरिसकिएको उल्लेख गर्दै उक्त विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतबाट पनि प्राप्त भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल र भारत दुवैले सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यम र आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस वक्तव्यमा नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित भएको उल्लेख गर्दै सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको जनाइएको छ । ती क्षेत्रबाहेक अन्य केही स्थानमा दशगजा अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’को समस्या रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नदी सीमाक्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अपनाइएकाले एक देशका नागरिकले अर्को देशको भू–भागभित्र पर्ने जग्गामा खेतीपाती तथा बसोबास गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ ।

नेपाल–भारत सीमालाई व्यवस्थित बनाउन दुवै देशका सीमासम्बन्धी संयन्त्र तथा प्राविधिक टोलीहरू सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’को लगत सङ्कलनमा सक्रिय रहेको मन्त्रालयले जनाएको छ । लामो समयदेखि अवरुद्ध प्राविधिक समितिको काम पनि पुनः सञ्चालनमा आएको र संयुक्त रूपमा तथ्याङ्क सङ्कलन भइरहेको बताइएको छ ।

सम्बन्धित खबर