LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मिटरब्याजबाट पीडितहरुले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिको आह्वानमा विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुले न्यायको माग गर्दै जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका हुन् । संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले आफूहरूले लामो समयदेखि न्यायको खोजीमा रहेपनि राज्यका निकायबाट समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेकोले आफुहरु अदालतको गुहार लगाएको बताए ।

उनीहरूले अदालत परिसर अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिँदै मिटरब्याज पीडितका मुद्दामा निष्पक्ष सुनुवाइ र न्याय सुनिश्चित गर्न माग गरेका थिए। वर्तमान सरकार सत्तामा पुग्नुअघि मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको कुशवाहाले आरोप लगाए । बरु पीडितमाथि उजुरी, दबाब र विभिन्न प्रकारका प्रताडना बढ्दै गएको उनको भनाइ थियो ।

मिटरब्याज पीडितहरूले सरकार र गृहमन्त्री परिवर्तन भएपनि आफुहरुको समस्या जस्ताको तस्तै रहेको दुखेसो पोखे । अदालत तथा सम्बन्धित निकायहरूबाट पीडितभन्दा साहु पक्षलाई बढी संरक्षण मिल्ने गरेको उनीहरुले आरोप लगाएका छन् । निष्पक्ष न्याय नपाएको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित खबर