LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूको हक, अधिकारको सुनिश्चिता गर्न माग गर्दै मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

सोमवार जनकपुरधामको विभिन्न चोकको प्रदर्शन गर्दै जनक जनक चोकमा गरिएको कोण सभामा प्रदर्शनकारिहरुले शहिद परिवारका सदस्य तथा आन्दोलनका क्रममा घाइते भएकाहरूले राज्यले शहिद र घाइतेहरूको योगदानको उचित सम्मान नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले शहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।

समितिले मधेश आन्दोलनका शहिद तथा घाइतेहरूको हित संरक्षणका लागि छुट्टै ऐन–कानुन निर्माण गर्नुपर्ने र मधेशी शहिद प्रतिष्ठानलाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

साथै, शहिद परिवार तथा घाइतेहरूको जीवनयापन सहज बनाउन भरणपोषण भत्ता लागू गर्नुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ । संघर्ष समितिका अध्यक्ष तथा मधेशी शहिद प्रतिष्ठानका सदस्य अवधेशप्रसाद पटेलले मधेश आन्दोलनमा बलिदान दिने शहिद र घाइतेहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्न नसकेको आरोप लगाए ।

आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिका परिवारप्रति राज्यले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने भए पनि बेवास्ता भइरहेको उनको भनाइ थियो । शहिद परिवार र घाइतेहरूको मागप्रति संघीय तथा प्रदेश सरकार गम्भीर नभए सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनले चेतावनी समेत दिए ।

सम्बन्धित खबर