LIVE
असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै |

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित एमालेको पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरेको हो । थमन विक हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले यसअघि कोइरीलाई सफाइ दिएको थियो । तर उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत जनकपुरले बुधबारको फैसलामार्फत उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिअनुसार गौशाला नगरपालिका–२, निगौल निवासी कोइरीलाई अदालतको आदेश कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको हो । यसअघि जिल्ला अदालत महोत्तरीले २८ मंसिर २०८० मा गरेको फैसलामा उच्च अदालतले आंशिक परिवर्तन गरेको छ ।
उच्च अदालतको बुधबारको फैसलाअनुसार जिल्ला अदालतबाट सफाइ पाएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

त्यसैगरी, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका पूर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, पूर्व जलेश्वर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र राय, पूर्व नगरप्रमुख रामशंकर मिश्र, पूर्व जलेश्वर अस्पताल अध्यक्ष सुरेश पाण्डे तथा पवन कापरको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालतले उनीहरूलाई पनि पाँच वर्ष कैद सजाय तोकेको छ ।

यता, सोही मुद्दामा जन्मकैदको सजाय पाएका प्रदीप माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ ।

सम्बन्धित खबर