LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ किलोग्राम गाँजासहित दुई जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
नेपाली सेनाका अनुसार निकुञ्ज क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको श्री सबुज गणअन्तर्गत सुरक्षा पोष्ट प्रतापपुरबाट खटिएको टोलीले आषाढ २२ गते बगई खोलानजिक शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जाँचका क्रममा उनीहरूको साथबाट १६६ किलोग्राम गाँजा बरामद भएको सेनाले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् ।

बरामद गरिएको गाँजा तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा बुझाइएको नेपाली सेनाले जनाएको छ । प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पु¥याउने तयारी थियो तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, बारा र पर्सा जिल्लामा फैलिएको संरक्षित क्षेत्र हो। सुरक्षा निकायका अनुसार निकुञ्ज क्षेत्रमा लागूऔषध ओसारपसार लगायत अवैध गतिविधि नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनले नियमित संयुक्त गस्ती तथा निगरानी सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर