LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ बाट उनलाई रंगेहात पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानअनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने नाममा यादवले प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए ।

घुस मागिएको भन्दै उद्योगीले अख्तियारमा उजुरी दिएपछि आयोगले योजनाबद्ध रूपमा स्ट्रिङ अपरेसन सञ्चालन गरेको थियो । सोही क्रममा घुस रकम बुझ्दै गरेका यादवलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर