LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदासलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आज दिउँसो भुमि सुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिब्छ महतोलाई अख्तियारका टोली सेवाग्राहीबाट लिदै गर्दा पक्राउ गर्न सफल भएको छ ।

आयोगका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए । रकम नदिएको खण्डमा जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको अख्तियार बर्दिवासले जनाएको छ ।

 

सम्बन्धित खबर