जनकपुरधाम । स्थानिय तह अन्तर्गत वडादेखि पालिका सम्मको योजना छनौट गर्दा स्थानीय जनसहभागिता आवश्यक रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
टोल वस्तीका सबै धर्म समुदाय, जातजाती तथा पिछिडिएका वर्गहरु दलित, मुस्लिम वर्गको सहभागितामा पालिकाका योजनाहरु छनौट गर्दा प्रभावकारी रुपमा कार्यान्वय हुने वक्ताहरुको भनाई थियो । बेलायत सरकारको आर्थिक सहयोगमा पिंपल इन निडको साझेदारीमा दिव्य विकास स्रोत केन्द्रको सहकार्यमा सरोकारवालहरूलाई लैंगिकमा अधारित ज्ञान सिप र सोचमा परिवर्तन लयाउनका लागि नागरिक समाजको सातौ चरणको बजेट योजना तरजुमा अन्तर्गत नागरिक समाजको संलगता लागि जनकपुरधाममा समुदाय स्तरिय र जनकपुरधाम उपमहानगर पालिकाका स्तरीय दुई दिने सम्पन्न कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका छन् ।
स्थानिय तह अन्तर्गत वडा स्तरिय,पालिका स्तरिय योजना छनौट गर्दा टोल वस्तीका सबै समुदायको भूमिका अति आवश्यक रहेको वक्ताहरूले बताएका छन । योजना छनौट गर्दा समुदायका व्यक्तिहरूको लैगिकको अधारमा विभेद नगरी सबैको ज्ञान सिपलाई बलियों बनाउन खालको योजनाहरू छनौट गर्नुपर्नेमा उनीहरुको भनाई थियो । महिला,बालबालिका,लैंगिक हिंसा नयूनिकरण गर्ने खालका योजना समेत छनौट गर्दा मानव विकास समेत टेवा पुग्ने सहजकर्ता रेनु गुप्ताले बताईन् ।


कार्यक्रममा जनकपुरधाम उप महानगर पालिकाका उपमेयर किशोरी साहले अव योजना छनौटमा यस्ता विषयमा जोड दिने बताए । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, उपहमानगरपालिका कर्मचारीा र वार्डका महिला सदस्य , यूवा क्लबका पदाधिकारी तथा विभिन्न स्थानिय गÞैर सरकारी संस्थाका पदाधिकारी सहभागिता रहेको थियो ।






