LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । इस्लाम धर्माबलम्बीहरुले भोलि सोमवार महान चाड ईदुलफित्र(ईद) धुमधामका साथ मनाईदै छ ।

आईतवार साँझ चन्द्रमा पनि देखिएकोले मुस्लिम सामुदायले ईदुलफित्र (ईद) मनाउन लागेका हुन् । खाडी मुलुक साउदी अरब, कत्तार, सहितका देशहरुमा आईतवार नै ईद मनाएपनि सोमवार नेपालसहित नेपाल, भारत, पाकिस्तान, वंलादेश लगायतका मुलुकका मुस्लिम सामुदायले एकैसाथ ईदमनाउदै छ ।
इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हजमध्ये रोजा तेस्रा नम्वरको हो । हरेक बालिग महिला र पुरुषमा रमजान महिनामा रोजा बस्नुपर्ने अनिर्वाय प्रवधान रहेको छ ।
ईदमा सवैई(खानेकुरा), खिर तथाअन्य मिठो परिका खानपनिगर्ने गरिन्छ । त्यस्तै इदको लागिमुस्लिम सामुदायले परिवारका प्रत्येक सदस्यको लागिनयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ ।

जनकपुरधामउपमहानगरपलिकाकापुर्व उपमेयर असगर अलिले भने,‘ईदको नमाज पढ्नु पुर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगा कपडा लगाउनु जरुरी छन् तर गरिव, असहायलाई मालदार मुस्लिमहरुले जकातको रुपमा कपडालत्ता तथा खानपनिको लागि समाग्रीहरु सहयोग गरिदिने प्रवधान रहेको छ ।’

इदको विहानै सम्र्पुण मुस्लिमले नुहाई पाकसाफ(साफसुघर) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर ईदको नमाज पढ्ने गरिन्छ । इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको कमिकमजोरि वा रोजालाई शुध्किरणका लागि प्रतिव्यतिm २ किलो ४५ ग्राम गहुँको दरले परिवारका सवै सदस्यहरुको नाममा फित्रराको पैसा अनिर्वाय रुपमा मस्जिद मदरसामा दान गर्नुपर्ने प्रवधान छ ।

ईदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमालगरि ईद मुबारक भन्दै शुभकामना दिने प्रचलन रहेको छ ।
यता, इर्दुल फित्रको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले पनि सोमवार सार्वजनिक विदा दिएको छ ।

 

सम्बन्धित खबर