LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा मनाईने चैती छठ शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न हुदैछ ।

विहिवार आज साँझ अस्ताउँदै गरेको सुर्यको अर्घ दिईएको छ । चैती छठको अवसरमा जनकपुरधामकका प्रमुख सरोवरहरु तथा पोखरीहरुमा श्रद्धालुभक्तजनहरुको भिड देखिएको छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाँउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ ।


जनकपुरधाममा कार्तिक र चैत महिनामा गरि वर्षमा दुई पटक छठ पर्व मनाउने गरिन्छ । कार्तिकमा मनाईने छठ भन्दा यो छठमा कम सहभागिता रहेपनि पछिल्लो केहि वर्ष यता चैती छठमा पनि सहभागिता बढ्दै गएको छ । छठमा केरा, भुसबा, ठकुवा, नारियल, उखु, मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन ।

छठको पूजा पोखरी,नदी तथा जलाशय भएको भएको ठाउँमा गरिन्छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको रहेको छ ।

छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियतादिनानुदिन बढ्दै गएको साहित्यकार उपेन्द्र भगत नागवंशीले बताए । छठ पर्व पण्डा, पुरोहिततथा देदान्तिहरुको आडम्बरी प्रथाबाट मुक्त राखि विशुद्ध रुपमा सनातनी लोक पर्व हो रहेको उनले बताए ।

सम्बन्धित खबर