जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा नेपाली काँग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनेर प्रतिनिधी सभामा दिएको अभिव्यक्तिको विरोध गर्दै काँग्रेस धनुषाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
अध्यक्ष लिङदेनले १२ बैशाखमा प्रतिनिधी सभामा दिएको अभिव्यक्ति काँग्रेस पार्टीका सहमहामन्त्रीहरुलाई बदमान गर्ने उदेश्यले आएको भन्दै त्यसको कडा विरोध गर्दै काँग्रेस धनुषाले प्रमुख जिल्ला अधिकारी मार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेसका कुनै पनि सहमहामन्त्रीको नाम नलिएर भ्रम छरेर चैत १५ गते राजावादीको आन्दोलनमा भएको हत्या हिंसा र जधन्य अपराधबाट उत्पन्न वितृष्णामा जनताको मुड बदलेर पत्रकार सहित दुईजनाको हत्या र आगजनी सहितका हिंसाबाट बच्नका लागि र चोखो बन्ने रणनिती तहत लिङदेनको व्यक्तव्य आएको काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आरोप लगाएका छन् ।
कांग्रेस धनुषाले बुझाएको ज्ञापनपत्रमा अध्यक्ष लिङ्देनको गैरराजनितीक, बिना आधार प्रमाणको सो अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्री र प्रतिष्ठा माथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाहि हुनुपर्ने मांग अघि सारिएको छ ।
काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आईतवार विहानै पत्रकार सम्मेलन गरेर अध्यक्ष लिङ्देनको अभिव्यक्तिको निन्दा गर्दै प्रमाण सार्वजनिक गर्न चुनौति दिएका छन् ।
किाँग्रेसमा ८ जना सहमहामन्त्री छन,सहमहामन्त्री यादवले भने,‘ कुन महामन्त्रीका, कुन छोरा तीन कुने घटनामा सहभागि थियो । त्यसको प्रमाण सार्वजनिक गर्नुपर्यो । होईन, भने कपोकल्पित कुरा गरेर नेपाली जनतामा भ्रम छर्ने काम बन्द होस् ।’ माननीय लिङ्देनले प्रमाण सार्वजनिक नगरे आफु सहमहामन्त्रीहरु सामुहिक रुपमा अदालतमा मानहानीको मुद्दा दायर गर्ने तयारी गरिरहेको उनले बताए ।






