LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलमा लफडा भएको छ । प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । संसदीय दलको नेताका आकांक्षीहरूले लबिङ बढाएका छन् ।

माओवादीका बहुमत प्रदेशसभा सांसद साहको विपक्षमा थिए । उनीहरूले साहको राजीनामा माग्दै आएका थिए । तर, उपमहासचिव मातृकाप्रसाद यादवले संरक्षण गरेकाले उनको पद जोगिएको माओवादी नेताहरू बताउँछन् ।

प्रदेश संसदीय दलको विवाद मिलाउन प्रचण्डले पनि प्रयास गरेका थिए । तर, साहविरुद्ध यौन दुराचारको उजुरी परेपछि प्रचण्डले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि साह राजीनामा दिन बाध्य भएका हुन् । साहले सोमबार साँझ राजीनामा दिएका हुन् ।

केही दिनअघि पार्टी सचिवालयमा साहविरुद्ध यौन दुराचारको आरोपमा उजुरी परेको बताइएको छ । त्यसपछि प्रचण्डले तत्काल राजीनामा दिन र नदिए हटाउने चेतावनी दिएका थिए । त्यसपछि बल्ल साहले राजीनामा दिएको एक सांसद बताउँछन् ।

माओवादी केन्द्रका ती सांसदका अनुसार एक सांसदका श्रीमानले साहविरुद्ध पार्टी सचिवालयमा यौन दुराचारको उजुरी गरेका थिए ।

साहले पार्टीका सांसदहरुको कुरा नसुनेको उजुरी पनि पार्टी नेतृत्वसम्म पुगेको थियो । पार्टीलाई आघात पुग्ने काम गरेको, अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप माओवादी नेताहरूले नै लगाउँदै आएका छन् ।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद छन् । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी गरी ६ जना सांसद साहको विपक्षमा छन् ।

साहले राजीनामा दिएपछि दल नेतामा आकांक्षी सांसदहरूले लबिङ बढाएका छन् । एक नेताका अनुसार संसदीय दलका उपनेता तथा पूर्वमन्त्री युवराज भट्टराई, रजी हैदर र सुनिता यादवले दाबी गरेका छन् ।

साहले राजीनामा दिएपछि आज दिउँसो १२ बजे दलको बैठक राखिएको छ । बैठकमा आजदेखि सुरु हुने प्रदेशसभाको बजेट सत्रमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको नेता चयनको विषयमा पनि छलफल हुनेछ ।

# माओवादी

सम्बन्धित खबर