LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।  सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले ऐतिहासिक कदम चाल्दै घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम साउन १ गतेदेखि औपचारिक रूपमा लागू गरेको छ।
पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकहरू बीमाको दायरामा ल्याइएको छ। यस कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा व्यवस्था गरिएको छ, जुन प्रदेश सरकारको सामाजिक सुरक्षा नीतिमा ठूलो उपलब्धि हो ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारद्वारा अगाडि सारिएको यो बीमा योजना आम नागरिक र सिमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो।
घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी-हुरी अन्य आपतकालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइनेछ। नागरिक वीमा १० लाख सम्मको गरिएको छ भने घरधुरी वीमा ५ लाख रुपैया सम्मको गरिएको छ ।
नागरिक बीमा अन्तर्गत भने आकस्मिक मृत्यु, शारीरिक अपांगता, दुर्घटना जन्य घाइते  समेत समेटिएको छ।
बीमा दाबीका लागि साक्ष्यसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट , स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्नेछ। यसरी पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहत प्राप्त गर्न सक्ने सरकारको दाबी छ।
यो सामाजिक न्याय र नागरिकको सुरक्षित भविष्य प्रदेश सरकारको प्राथमिकता हो। बीमा कार्यक्रम केवल सहानुभूति होइन, नागरिक प्रतिको राज्यको दायित्व र जिम्मेवारी पनि हो।
मधेश प्रदेशले पहिलो पटक यस्तो व्यापक बीमा कार्यक्रम लागू गरेकोले यसबाट दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास सरकारको छ । नागरिक वीमा र घरधुरी वीमावाट सुविधा लिन प्रदेशका नागरिक संग सरकारले आग्रह गरेको छ ।

सम्बन्धित खबर