LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम ।जनकपुरधाममा पत्रकारलाई वकिलहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरु धर्नामा बसेका छन । गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएको जग्गामा तारबार गरिरहेको समय पत्रकार माथि आक्रमण गर्ने वकिलहरुलाई प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै जिल्ला प्रशासन कार्याल, धनुषा अगाडि ११ देखि १२ बजे सम्म एक घण्टा धर्नामा बसेका छन् ।


पत्रकार उपर आक्रमण गर्नेलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ, सत्य बोल्ने कलमलाई कुनै बलले रोक्दैन, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर पत्रकार महासंघ धनुषाबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर गेटको अगाडि धर्नामा बसेका हुन् ।


गत साउन २७ गते गुठी संस्थानबाट लिजमा प्राप्त ४ कट्ठा जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको एक समूहले पत्रकारमाथि आक्रमण गरेका थिए ।
वकिलको आक्रमणमा परेर महासंघका मधेस प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालालगायतका पत्रकार घाइते भएका थिए ।
साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनामा संलग्न छ जना वकिलविरुद्ध जाहेरी दिइए पनि प्रहरी प्रशासनको तर्फबाट कसैलाई पक्राउ गरिएको छैन् ।

सम्बन्धित खबर