LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल जसपा नेपालसहितका दलले मधेस प्रदेश सभा सञ्चालनका लागि प्रदेश सभामुख रामचन्द्र मण्डललाई आग्रह गरेका छन्।

२४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त अवस्थामा रहेका प्रदेश सभाको निरीक्षण पश्चात उनीहरुले सभा सुचारु गर्न सभामुखसँग आग्रह गरेका हुन् । क्षतिग्रस्त अवस्थामा रहेको प्रदेश सभामा अहिले सरसफाई र मर्मत सम्भारको कार्य तीव्र गतिमा भइरहेको छ।

प्रदेश सभामुख मण्डलका अनुसार प्रदेशसभामा आग्जनी र तोडफोडबाट करिब ३०देखि ४० करोडको क्षती भएको छ । जसपा नेपालका संसद दलका नेता तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले जेन–जीहरूले प्रदेशसभा आगजनी नगरेको दाबी गर्दै संघीयता विरोधी तत्त्वले मुलुक भरी विध्वंस मचाएकोले र त्यसको जवाफ दिन वर्तमान अवस्थामामै सभा सञ्चालन हुनुपर्ने बताए । मधेस प्रदेश संघीयताको जन्नी रहेको र संकटको बेला प्रदेशसभा अवरुद्ध हुदा राम्रो सन्देश नजाने उनको भनाइ थियो।

त्यसैगरी,नेकपा एमालेका प्रमुख सचेतक हरिरायण महतोले प्रदेश सभाको बैठक चाँडै नै राख्न सभामुखसँग आग्रह गरेका छन् । नेकपा माओवादीका सांसद युवराज भट्टराईले पनि प्रदेश सभा सञ्चालन हुनुपर्ने माग गरेका छन्। मुलुकको सङ्क्रमणकालीन अवस्थामा प्रदेशसभा अवरुद्ध हुनु उचित नरहेको उनले बताए ।
यता, प्रदेशसभामुख मण्डलले अन्य दलहरूसँग सरसल्लाह गरेर चाँडै नै प्रदेश सभाको बैठक बोलाउने बताएका छन् ।

सम्बन्धित खबर